प्रयास “गजल”

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०४:०४ बजे

मुटु अनि छातीमा टाँसी, हुर्कायौ मेरी आमा।
खाली स्तन मुखमा गाँसी, चुसायौ मेरी आमा।
भारी सङ्गै छातीमा मलाई कुम्लो झैँ तेर्साएर !!
नियतीले सन्तानको दासी, बनायौ मेरी आमा।
दुखको त्यो दिन भोको पेटमा भौतारिदा भौतारिदै!
मायामा अल्झी भात बाँसी, लिइयौ मेरी आमा।
तोते बोली सङ्गै मलाई मातृज्ञान दिदै!!
देखेका ती सपनाहरू माँसी, दिइयौ मेरी आमा।
देश समाजको नेतृत्व बनाउने तिम्रो इच्छा !
बल्ल पूरा गर्छु म हाँसी, दिइयौ मेरी आमा।।
????????????आमा????????????
????️????️रलिमाया थामी






















