प्रबास

एनआरएनए एनसीसी कतारको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न

रामएकवाल राम
२०८२ साउन १६ | मध्यान्ह ०३:०४ बजे

दोहा, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको प्रमाण पत्र वितरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । 

बिहिबार बेलुका गोर्खाली रेस्टुरेन्टको सभाहलमा पदम गिरीको नेतृत्वमा सर्वसम्मत चयन भएको ३६ सदस्यीय कार्यसमितिले शपथग्रहण गरेको हो ।  निर्वाचन समितिका संयोजक कमलमणि गुरागाईंले सर्वसम्मत चयन भएको कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

कार्यसमितिको प्रथम उपाध्यक्षमा रोशन अर्याल, द्वितीय उपाध्यक्ष सुवासबहादुर थापा, तृतीय उपाध्यक्ष लीला राई, महिला उपाध्यक्ष रामकुमारी तामाङ, युवा उपाध्यक्ष टंकबहादुर वि.क., महासचिव शिव भुजेल, सचिवहरूमा क्रमशः खेमराज सुबेदी, ईसिलाल पण्डित र शंकरमान राई, रहेका छन।कोषाध्यक्षमा प्रेम कुमार बस्नेत, सह-कोषाध्यक्षमा मो. आजाद मन्सुर, महिला संयोजक अप्सना मिया, युवा संयोजक छम बहादुर चन्द (सुलभ) रहेका छन।

त्यस्तै कार्यसमिति सदस्यहरूमा बलराम कौशल, शेख फैयाज, कृष्ण ढकाल, भानुभक्त शर्मा, निराज स्याङ्तान, मानसिंह बिक, किरण परियार, दीपेन्द्र गैरे, गुणराज कटुवाल, सुशील गौतम, ईशान रेग्मी, रबिन खत्री, प्रेम प्रकाश शाही, रबिन अधिकारी, शियाराम यादव, अर्जुन कुमार यादव, प्रतिमा शिवा, रमेश महर्जन, युवराज पोखरेल रहेका छन।

एनसीसीको लेखा समिति संयोजकमा पदमबहादुर रानाभाट, सदस्यद्वयमा साजिद एकवल, हेमराज रिजाल रहेका छन् ।  त्यस्तै आईसीसी सदस्यहरूमा झविन्द्र बेलबासे, ईश्वरराज पौडेल, शिव कुमार महतो र मीनराज वाग्ले रहेका छन।

शपथ कार्यक्रममाविभिन्न  संघसंस्थाका प्रमुख, प्रतिनिधि तथा एनआरएनएका अभियान्ताहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । बधाई तथा शुभकामनासहित आफ्ना विचार राखेका वक्ताहरूले एनसीसीमा देखिएको विवादप्रति स्मार्ट एनआरएनएमार्फत गठित समिति नै वैधानिक तथा विधिसम्मत रहेको बताएका थिए । 

११औं राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक केशव कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन गर्दै कार्कीले आफूहरू गलत बाटोमा नरहेको हुँदा निर्वाचित कार्यसमितिलाई निर्धक्क रहन आग्रह गरे । उनले केन्द्रको विधान बमोजिम जुलाई ३१ मै शपथसहित नयाँ कार्यसमिति चयन गरी केन्द्रमा जानकारी दिनुपर्ने भएको हुँदा बिहीबारै साँझ शपथ गराइएको बताए ।

कमेन्टहरु