एमाले उपाध्यक्ष भीम रावल भन्छन् : संशोधन नगरी एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हो

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेबारे गठबन्धनमा कुनै कुरा नभएको बताएका छन्।रावलले बुधबार ट्विटरमार्फत् संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताएका हुन्´।
उनले त्यसो नगर्न पार्टी र सरकार दुबैलाई खबरदारी गरेका हुन्। एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने रावलको तर्क रहेको छ। ‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसिसिसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।´
रावलले भनेका छन् देश उपनिवेशकरणतर्फ धकेलिनेछ, यस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।’






















