देश

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत गरियो

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गरिएको छ ।

नेप्सेले बुधबार जीवन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो । उक्त कित्ता नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ ।

पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्म तोकेको छ ।

यहीँ मूल्यलाई आधार मानेर यस कम्पनीको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कमेन्टहरु