अपराध

मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ, ५ करोड ९० लाख हिनामिनाको आरोप

नवलपुर टुडे
२०८२ साउन १५ | मध्यान्ह ०१:०४ बजे

बुटवल । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–५ मा रहेको उक्त सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा केसी पक्राउ गरेका हुन् ।

बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका दोलखाको मेलु गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले बताए । केसी वैशाख २० गतेदेखि फरार भएका थिए ।

उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्य ठिमी नगरपालिका- ३ बाट पक्राउ गरेर रुपन्देही ल्याएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु