बद्री केसीको प्रमुख आतिथ्यतामा एनसीसी कतारको ११ औ अधिवेशन हुँदै

रामएकवाल राम
२०८२ साउन १५ | बिहान ०९:०४ बजे

दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारले ११ औ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
गैर अवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बद्री केसीको प्रमुख आतिथ्यतामा आगामी ०१ अगष्ट शुक्रबारका दिन दोहाको क्राउन प्लाजामा मध्याह्न १२ बजे हुन गइरहेको आसन्न एघारौं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन समितिका संयोजक केशव कार्कीले बताए ।
अधिवेशनले राष्ट्रिय समन्वय परिषद कतार नयाँ कार्यकाल २०५-०२७ को लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।कार्यक्रम संयोजक कार्की कतारमा क्रियाशील सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थिति हुनका लागि अनुरोध गरेका छन।























