कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, प्रदेश, मुख्य समाचार, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, सुदुरपश्चिम प्रदेश

बागलुङको दिदीबहिनी चिया पसलको डायरी लेख्ने भेटघाट

याम बहादुर थापा मगर
२०८२ साउन १४ | मध्यान्ह ०४:०४ बजे
याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नंं १० ,भकुण्डे, धौलेचउर,बागलुङ

 

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर

आलेखको सुरुवात

कहिलकाँही दिन चर्या सदाको लागि सम्झने लायक हुन्छ । तर त्यसमा अर्थपुर्ण, सकारात्मक सोच र उपलब्धीमुलक भएको महसुस हुुनु पर्छ । मलाई नियमित कार्यालयको व्यस्तता बाहेकको फुर्सदको समयमा भएका भेटघाट र कुराकारीले बढी फाइदा र जानकारी प्राप्त भएको हुन्छ भन्ने मलाई लाग्दछ । गोष्ठी,सेमिनार,कार्यक्रम, प्रशिक्षण कार्यक्रममा सहभागी हुँदा आफुलाई बढी प्रशिक्षित भएका महसुस हुन्छ । दैनिकी सामान्य रुपमा नै चलेको थियो । कार्यालयको नियमित काम सकेर बागलुङ बजारमा रहेको दिदी बहिनी चिया पसलमा कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका कोष नियन्त्रक कृष्ण प्रसाद शर्मा कार्यालय गेटमा भेटघाट भयो । भेटघाटको मुख्य वार्तालाप नमस्ते सर लौ सँगै चिया पिउन जाऊँ भने पछि सहमति पश्चात दुई जना दिदी बहिनी चिया पसलमा चिया पिउन गयौ । चिया पसलमा पुग्नु अगाडी सरले सिया ( रक्सी) त पिउनुहुन्न नि भनेर सोध्दा नाइ मैले पिउदिन भन्नुभयो । सिया नपिउने वालाहरुको साथी कम मात्रामा हुने गर्दछन भन्दै सामान्यीकरण घटनालाई गरियो । चिया पसलमा भित्र कोठाहरु टेबुलमा हल्का एक दुई मानिसहरु थिए । हामी दुई बाहिर पट्टीको खुल्ला स्थानमा भएको राउण्ड टेबुलमा चिया मगाएर हल्का भलाकुसारी गर्न थाल्यौ। त्यही समय पछिको जमघट एक,दुई,तिन गर्दै बढ्दै गएपछिको वार्तालाप मेरो मानसपटलमा ताजा रुपमा लामो समयसम्म खेलेकोले लेखको रुपमा सस्मरण लेख्न पुगेको छु । अध्ययन पश्चात सामान्य सुझाव र सरसल्लाह दिन सक्नुहुन्छ । लेखलाई थप उत्साहित र पठननीय सामाग्रीहरु बनाउनको लागि सकारात्मक सुझावको अपेक्षा गरेको छु ।

दिदीबहिनी चिया पसलमा भेटघाट भएका साथीहरुसँग जमघट
दिदी बहिनी चिया पसलमा चिया अर्डर गेटबाट गए पछाडीको टेबुलमा बसेका थियौ । कोष नियन्त्रक कृष्ण प्रसाद शर्मा र म सँगसँगै । के कसो छ हालखबर र दिनचर्या भन्दै सुरुवाती गफगाफको चरणमा कुराकानी चल्दै थियो । त्यसै समयमा थप दुई साथीहरु अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय समितिका सचिव जीवन शर्मा र नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय सदस्य श्रीकृष्ण पौडेल आउनुभयो । हल्का हाई हेलो पछि एक आपसमा हात मिलाउने काम भयो । सन्चो विसन्चोको जानकारी लिएपछि उहाँहरुले चिया मगाएकोले टेबुलमा चिया आयो । केही समय पछि फेरी नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका सदस्य तथा स्वतन्त्र विद्यार्थी युनियन धवलागिरी बहुमुखी क्याम्पस,बागलुङका निर्वतमान सभापति मनिष थापा मगर र प्रेस युनियन,बागलुङका सभापति तथा नागरिक दैनिकका बागलुङ समाचारदाता, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङका संघिय प्रतिनिधि संगम घर्ती मगर मगर समेत सँगै जसो आउनुभयो । त्यसको केही समय पछि नेपाल तरुण दल ताराखोला गाउँपालिकाका पुर्व अध्यक्ष तथा नेपाल मगर विद्यार्थी संघ उपाध्यक्ष बागलुङका सागर घर्ती मगर र काठेखोला रेशका युवा निर्माण व्यवसायी क्षेत्र बहादुर कार्की समेतको जमघट भयो । जमघटमा नेकपा एमालेले अहिले म झोले हो भन्नका लागि बहुत सामाजिक सञ्जालमा भाइरल भएको बहस चल्यो । त्यसमा मैले भिजिट भिसा प्रकरणको माहोललाई बग्याउनको लागि झोले हो भन्ने मान्यता अभियान लिएको तर्क पेश गरे । मेरो आगामी दिनमा एम.ए. दोश्रो वर्षको वि.स.२०६१ सालको आंशिक परिक्षा दिनुपर्ने विषयको अध्ययन जारी थियो । साथमा विद्यामन्दिर पुस्तकालय २००३ बागलुङको नियमित पाठक भएकाले स्वस्थ जिवन शैली नामक एक पुस्तक झोला थियो ।
जमघट देशको राष्ट्रिय परिस्थिति, जिल्लाको समसामयिक परिस्थितिका बारेमा छलफल भएको थियो । साँझको समय भएपनि थप चिया, दुनोट, समसा खाने मानिसहरु हल्काफुल्का आएका थिए । विचमा गफ चलिरहेको समयमा हामी केही समय अगाडी आएकोले एकै टेबुलमा बसेका साथीहरु मध्ये केही अगाडी निस्कने काम भयो । मलाई भित्रैबाट भन्नुपर्दा थप केही समय बसुँ बसुँ लागी रहेको थियो । तर सँगै आउने साथीले निस्कने भनेपछि मेरो केही बल लागेन ।
कालो रंगको अफिस झोला भिर्ने बानीको कथा
मैले प्राय जसो कालो रंगको ल्यापटप राख्ने, डायरी राख्ने अफिस झोला कार्यालयमा जाने बेलामा भिर्ने बानी हुन्छ । मेरो झोलामा एक थान डायरी, पुस्तकालयको पुस्तक, ल्यापटप, कलम,महत्वपुर्ण लागेका अनलाइन लेख रचनाको प्रिन्ट कपी आदि प्राय हुन्छन् । चिया कफी गफको शिलशिलामा एक जना साथीले याम दाजुको कालो झोला विशेष छ । असार मसान्त आएको लेखापालको झोला हो । भनेर बहुत हल्का तरिकाले भनाईलाई साथीहरु विच प्रस्तुत गरे । मैले तत्कालै जवाफ त दिए । तर जवाफमा प्रतिउत्तर जनाएन । तर कालो रंगको अफिस झोलाका बारेमा थप पुष्टि दिनका लागि आलेखको रुपमा लेख्न पर्ने महसुस भएको छ । मेरो झोलामा २०, २५ प्रति भन्दा बढी प्रिन्ट कपी मगर समुदायले रक्सीलाई कसरी प्रयोग गर्ने गर्दछन् । किन मगरले मात्र खाने र कुलपृतलाई मात्र चढाउने होला भनेर केन्द्रिल गुगुल सर्च गर्दा भेटीएका सामाग्रीहरुलाई प्रिन्ट गरेर स्वअध्ययनको लागि सामाग्री सकलन गरेको थिए । आगामी दिनहरुमा हुने सम्मीलन र सङगोष्ठीमा अनुसन्धानमुलक जनरलमा प्रकाशित गर्ने हिसाबले बागलुङ भकुण्डेका मगरहरुको रक्सी सस्कृति ः एक समाजशास्त्रीय अध्ययन भन्ने शिर्षकमा लेख तथा अनुसन्धानमुलक तरिकाले आलेख तयारीको लागि कालो सामाग्री बोकेको थिए । अर्को कुरा मलाई आगामी कार्यक्रमहरु बारेमा सम्झानाको लागि डायरीमा नै टिपोट गर्नुपर्ने हुन्छ । सौजन्य मिलेको प्रभु बैक लिमिटेडको रातो रंगको डायरी झोलामा नै हुन्छ । रातो डायरी सकिन लागेकोले अर्को डायरी फेर्ने बेला भएको छ ।
त्यसैगरी कालो झोलामा विद्यामन्दिर पुस्तकालय २००३,बागलुङको आजिवन सदस्य भएकोले अभिभावक शिक्षा नामक पुस्तक झोलामा नै थियो । यस भन्दा अगाडी नै विद्यामन्दिर पुस्तकालय २००३ बागलुङबाट पुस्तक साटफेर गरेको नामावली प्रकाशित भएको छ । फेरी दोश्रो कार्ड बने पछि समय साक्षी – बविता बस्नेत, जिवन जिउने, स्व – सरस्वती प्रतिक्षा, एन्टिथेसिस – प्रकाश, धन सम्पत्तिको मनोविज्ञान, आनन्द सहिता – घनश्याम खड्का, नुन तेल – जीवन क्षेत्री, सावफ्रि, पुजीवाद –चैतन्य मिश्र, कुलचन्द्र गौतमको आत्मसस्मरण, बैकल्पीक अर्थतन्त्र – हरिरोका, गल्ली संसार, स्वर सम्राट नारायणगोपाल – प्रकाश सायमी, वि.पी.कोइराला, जागिर बाहिर– कृष्ण प्रसाद सापकोटा,जागिर भित्र –कृष्ण प्रसाद सापकोटा, छाल बाटो, बदलिदो नेपाली समाज– चैतन्य मिश्र,अभिभावक शिक्षा, पारीवारीक सुख भन्ने किताबहरु कुनै सुरु देखि अन्त सम्म अध्ययन गरेको छु । कुनै शिर्षक अनुसार छनौट गरेर फुर्सदको समय बिताएको छु भन्ने जानकारी गराउँदछु । किताब कसरी,कस्तो,कुन विधाको सङग्रह गरेर निकाल्ने होला भन्ने अनुभव र सिक्ने मौका पुस्तकालयबाट र साहित्यीक कार्यक्रमहरुमा सहभागी हुँदा सामान्य अनुभव बटुलेको छु । बटुलेको अनुभवलाई कार्यान्वयन गर्ने भविष्यमा योजना बनाएको छु ।
साथै अहिले बढी मात्रामा सामाजिक सञ्जालको बढ्दो प्रयोग र कृत्रिम बौद्धिकताको लगावले पठन सस्कृतिमा ह्रास आएको छ । तर युवा जमातको विचमा सामाजिक सञ्जालका खराब र असल अभ्यासका बारेमा जानकारीमुलक छलफल हुन पाएन । आगामी दिनहरुमा राष्ट्रपति प्रधानमन्त्री, मन्त्री,सासद,चर्चित पत्रकार, उच्च प्रशासक,कलाकारहरु, लेखकहरुसँग सँगै बसेर चियाकफी गरेर बढी भन्दा बढी भलाकुसारी गरेर आत्मापरक वार्ता गरेर डायरीका पानाहरु लेख्ने योजना मनमा बुन्दै बसेको अवस्था छ । थुप्रै साथीहरुको सामाजीक सञ्जालको फोटोहरु देख्ने गर्दछु । मलाई पनि त्यस्तै फोटो खिच्ने र अपलोड गर्ने मनमा चाहना सिर्जना हुन्छ । तर समय व्यवस्थापन र बजेटको अभावले कहिल्यै पनि नपुग्ने सिमित दायरामा खुम्चिन बाध्य रहेर जिउने अभिलाषामा मनमा रहरलाग्दो तरिकाले सजिएको छ ।

डायरीको अन्तमा
एक दिनको घटनाक्रम, एउटा बाक्य, एउटा किताबको अध्ययनले मानिसको जिन्दगीमा कति उथलपुथल र उर्जा थपेको हुन्छ । ममा चियापसलको गफगाफमा मैले भिरेको कालो झोलाको बारेमा छलफल नचलेको भए सायद डायरी स्वरुपको आलेख तयार हुने थिएन । थप भोलिका दिनमा साथीहरुसँगको चिया कफिगफ भएमा सान्र्दभिक प्रसङग भएमा अर्को डायरीको पानामा आलेख लेख्ने नै छु । मार्कर जुर्गवरको क्याफे, पल्पसा क्याफे जस्ता कृतिहरु साहित्य बजारमा आइसकेको बेलामा बागलुङ बजारमा छोटो मिठो बसाईमा उठेका विषयवस्तुहरुले मात्र लेखलाई लामो र गहकिलो बनाउनमा अझै बसाई लामो र अध्ययन सामाग्रीहरुका बारेमा छिचोल्नुपर्ने हुन्छ । दैनिक र डायरीका पानाहरु लेख्ने प्रचलन खासै ममा विकास नभएपनि छिटफुट घटनाक्रममा उठेका सवालका बारेमा केन्द्रित भई सस्मरणात्मक आलेख तयार भएको हो । दिदी बहिनीको चिया पसलमा जस्तै आगामी दिनहरुमा थप अरु नयाँ र नौला चिया कफी पसलमा हुने बसाईमा सृजनात्मक र पठनीय सामाग्री हुने र लेखनकशीपलाई बढावा दिने कामकाज भएमा डायरीका पानाहरु थपिर्दै जाने र आगामी दिनहरुमा संकलन भएर किताबहरुको रुपमा प्रकाशन हुने योजनाहरु बुन्न सकिन्छ । साथमा फोटो खिच्ने, फोटो संकलन गर्ने, फरक फरक योग्यता क्षमता भएका मानिसहरुको दृष्टिकोण समावेश गर्ने सुमार्गमा लाग्न पहल गर्ने तथा जीवनका भोगाइहरुलाई रसिलो र मिठो बनाउनका लागि परिदृश्यहरु निर्माण गर्ने अभ्यासको थालनी भएको छ । अहिले युटुव, सामाजिक सञ्जालहरुमा धेरै भन्दा धेरै भुइमान्छेहरु, विकटता, दुखपिडाहरु बाँडेर समेत भाइरल हुने परिपाटीको विकास भएको छ । मैले फुर्सदको समयमा लोकदोहोरी गितहरु सुन्ने, अडियो बुकहरु सुन्ने, पुस्तकालयको बुकहरु अध्ययन गर्ने, पोष्टकाडका कार्यक्रमहरु सुन्ने, उपसचिव र सहसचिवको पाठय सामाग्रीहरु सुन्ने र पढ्ने, साहित्यमा अभिरुचि भएकाले कविता,लेख र समसामयिक विषयवस्तुहरुमा लेख्ने काममा बित्ने गर्दछ । आगामी दिनहरुमा लेखकीय कार्यलाई बढी भन्दा बढी समय खर्च गर्ने सोच बनेको छ । बजेटको व्यवस्थापन भएमा पर्यटन क्षेत्रमा रुचि भएकोेले नयाँ नयाँ स्थानमा गएर नयाँ ज्ञान व्यवस्थापन गर्नमा मन लाग्दछ । साहित्यीक कार्यक्रममा सकभर समय बिताउन मनैदेखि रुचि जागेर आएको छ । भौगोलिक दुरी टाढा भएकोले एम.फि. र पिएचडि अध्ययनको लागि सामान्य सोध गरेर पनि गहिरोसँग अध्ययन र भर्ना हुन मोफसलमा बसाइ हुने भएकोले नसकेको अवस्था छ । समाजशास्त्र÷मानवशास्त्र, राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तह पास भएपनि मलाई जनप्रशासनमा एम.फिल. गर्न सुझाव आएको छ । तर जनप्रशासनमा भन्दा अझै फराकिलो विषय राजनीतिशास्त्र र समाजशास्त्र मध्ये कुनै एकमा गर्न मन लागेको छ । तर अग्रज दाजुहरुसँग सरसल्लाह गर्दा जुनसुकै विषयमा गरेपनि अत्यधिक राम्रो तरिकाले गर्न सकेमा राम्रो हुन्छ भनी सुझाव सरसल्लाह प्राप्त गरेको छु । यदि पाठकहरु मध्ये कोही कसैलाई यस बारेमा विस्तृत जानकारी भएमा सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेको छु ।
भोलिका दिनमा सांसद,नेता,राजनीतिक कर्मी, शिक्षक,लेखक,पत्रकार,साहित्यकार, कलाकार,व्यवसायी, उद्यमीहरुको विचमा देश बनाउने, बाँझो खेतबारी खनजोत गर्ने, विदेशपलायन रोक्ने, उद्यमशिलताको विकास र विस्तार, विदेशी सहायतामा रमाउने अर्थतन्त्र समायोजन गर्ने विषयमा बहस होस भन्ने आशा र कामना बोकेर हुनेछ भन्ने विश्वास बोेकेको छु । गुटको राजनीति बहस गर्न, कोही कसैलाई उचनिच गराइ तौलिने, घातप्रति घातका बहस गर्ने सार्वजनिक स्थल नबनोस भन्ने कामना गर्छु । दिदी बहिनी चिया पसल जस्तै अरु पनि चिया कफी पसलहरुको प्रचार प्रसार र विस्तार होओस भन्ने कामना गर्दछु ।

कमेन्टहरु