घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा भिरबाट लडेर एक वृद्धको मृत्यु

उमेश रोकाया
२०८२ साउन १४ | मध्यान्ह ०२:०४ बजे

बाजुरा, साउन १४ । बाजुराको बुढीनन्दामा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने अन्दाजी ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर ज्यान गएको हो ।

मंगलवार दिउँसो उनी घाँस काट्न टाले बिस्न लेकमा गएका थिए । साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजतलास गर्दै जाँदा सोही ठाउँको माङ्लेगौडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए ।

लडेर गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि साँझ कोल्टी अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा राति एक बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कमेन्टहरु