कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीमा प्रथम राष्ट्रिय कोदो दिवस मनाउने

उमेश रोकाया
२०८२ साउन १४ | मध्यान्ह ०२:०४ बजे

‎बाजुरा , साउन १४ । जिल्ला पुर्वी भेगमा पर्ने हिमाली गाउँपालिका प्रथम राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।

‎हिमाली गाउँपालिकाले राष्ट्रिय रुपमा प्रथम पटक मनाउन लागेको राष्ट्रिय कोदो दिवसको अवसरमा “कोदोजन्य परिकारको आहार खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाउने कार्यक्रम गरिने भएको छ ।

गाउँपालिका स्तरीय सम्पुर्ण कृषक, कृषक समूह, सहकारी, कृषि फर्म, कृषिमा आवद्ध संघ संस्था साथै कृषि प्रेमी सम्पूर्ण जन-समुदायहरुलाई उपस्थितिका लागि पालिकाले अनुरोध गरेको छ ।

हिमाली गाउँपालिका – ६ धिममा साउन १६ गतेको दिनमा प्रथम राष्ट्रिय कोदो दिवस भव्य रूपमा मनाउने भएको प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाले बताउनुभयो ।

कमेन्टहरु