फर्पिङबाट जिवित कछुवासहित तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । संरक्षित वन्युजन्तु पहेँलो रंगको कछुवासहित प्रहरीले काठमाडौंको फर्पिङबाट तीन जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खतिएको टोलीले मंगलबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का २६ वर्षीय विशाल सुनार, सोही ठाउँका ४१ वर्षीइ विक्रम सुनार र मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय भुवन राईलाई जिवित कछुवासहित पक्राउ गरेको हो ।
प्रहरीले संरक्षित वन्यजन्तु अबैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना पाएपछि उक्त सूचनाको आधारमा खतिएको टोलीले उनिहरुबाट सरिसृप पहेँलो रंगको कछुवा बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा बुझाइएको प्रहरीले जनाएको छ ।






















