देश

मोरङमा एकैदिन १३० जना कोरोना संक्रमित थपिए

नवलपुर टुडे
२०७७ अशोज १२ | बिहान ११:०६ बजे

काठमाडौं । मोरङका विभिन्न स्थानमा थप एक सय तिस (130) जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको हो ।

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ र प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ जना पुगेको छ ।

कमेन्टहरु