देश

गुल्मीमा जिप दुर्घटना हुँदा, तीन जनाको मृत्यु ७ जना घाइते

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह ०१:०४ बजे

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभानमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटना भएको छ ।

शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईका अनुसार तीन जनाको दुर्घटनास्थलमै मृत्यु भएका छन भने उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउने व्यवस्था गरिएको एसपी भट्टराईले बताए । घाइतेमध्ये एकजनाको अवस्था निकै गम्भीर रहेको छ ।

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीयबासीहरु उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

कमेन्टहरु