देश

माधव नेपाल समूह तत्काल सरकारमा नजाने

जगत ठाडा मगर
२०७८ साउन १३ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने निर्णय गरेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई बिश्वासको मत दिने र अन्य परिस्थितिमा सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए ।

पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं´ डा.विजय पौडेलले भने ।

कमेन्टहरु