दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जीप दुर्घटनामा घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत उद्वार

उमेश रोकाया
२०८२ साउन ८ | मध्यान्ह ०३:०४ बजे

बाजुरा, साउन ८ । बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय र पर्यटन मन्त्रालयको पहलमा गृह मन्त्रालयबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

‎सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले जीप दुर्घटनाबाट घाइतेहरु मध्ये गम्भिर अवस्था भएका ४ जनालाई पहिलो चरणमा उपचारका लागि सुर्खेत पठाइएको बताएका छन् । जसमा घाइते चालक गौरी बुढा, बाजधन रोकाया, राम बहादुर बुढथापा र सुरेन्द्र शाहीलाई रेफर गरिएको छ । उनीहरुलाई हिमाली गाउँपालिकाको तिथिचौरबाट उद्धार गरिएको बताए ।

त्यस्तै उनका अनुसार केही मध्यम अवस्था भएकाहरुलाई उपचारका लागि कोल्टी अस्पतालाई ल्याइएको छ भने बाँकी सिकिस्त घाइतेलाई दोस्रो चरणमा उद्धार गरिने बताइएको छ । बिहीवार बिहान वडा नम्बर ५ किउडीबाट धुलाचौर आउँदै गरेको जीप दर्घटना भएको थियो । हिमाली गाउँपालिका २ बस्ने अन्दाजी २२ बर्षका गौरी बुढाले चलाएको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते मध्ये १३ जनाको अवस्था गम्भिर छ । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा आउन लागेका उनीहरु दुर्घटनामा परेका हुन् ।

कमेन्टहरु