देश

महाराजगन्जकाे प्राथमिक स्वास्थ्य केन्द्र आफै बिमार (फाेटाे सहित)

नवलपुर टुडे
२०७८ साउन १३ | बिहान १०:०४ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रकाे शाैचालाय हेर्ने नसक्ने अवस्था रहेको छ ।
photo 2021 07 ddfdf5 09d

दुई वटा शाैचालाय प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ । जस मध्ये एउटा शाैचालाय लगभग १ बर्ष देखि बन्द रहेको अनि अर्को शाैचालायमा पानी पनि आउदैन । सरसफाइकाे पनि कमी रहेको कारणले फाेहाेर भएको छ ।

शाैचालायमा पानीकाे सप्लाइकाे पाइप भत्केको हुनाले
फाेहाेर भएको छ । शाैचालाय नयाँ बन्ने कुरा थियो त्यहि भएर ठेकेदारकाे लापरबाहीले गर्दा समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र महाराजगन्जमा निमित्त प्रमुख दिपक जयसवालले बताउनु भयो ।

केन्द्रमा आउने सेवाग्राहीहरुले भने कि शाैचालायमा जादा शाैच नगर्न सक्ने यस्तो शाैचालाय रहेको छ । पानी नआउने, समयसमयमा सरसफाइ पनि नहुने, पानीकाे सप्लाइ भत्केको हुनले प्राथमिक स्वास्थ्य केन्द्र महाराजगन्जकाे शाैचालाय हेर्न नसक्ने अवस्थामा रहेको छ ।

कमेन्टहरु