राजनीति

उपप्रधानमन्त्री प्रकासमान सिंह र प्रदेश सांसद वीरेन्द्र सिंहबीच भेटघाट

नवलपुर टुडे
२०८२ साउन ७ | मध्यान्ह ०८:०४ बजे

जनकपुर, श्रावण ७ । नेपाल सरकारका सहरी विकास मंत्री नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकासमान सिंह र नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह आज जनकपुर विमान स्थलको भिआइपी कक्षमा महत्त्वपूर्ण विषयमा भेटघाटसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

समग्र मधेश प्रदेशको विकास बारे र मधेशमा अहिले खानेपानी हहकार हुँदा समग्र मधेश प्रदेशमा यहाको आम जनतालाई पानी, कृषकको लागि मल खाद निकै हककार छ। नेता वीरेन्द्र प्रसाद सिंहले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई केन्द्रिय सरकारलाई मधेश प्रदेशमा भएको समस्यालाई कुनै ठोस परियोजनासहित प्याकेज ल्याउन उपप्रधानमन्त्री सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आग्रह गरे । वहाँले भने यो समस्या चाँडै समाधान पहल सुरु गर्छु, मा. वीरेन्द्र प्रसाद सिंहको स्वकिय सचिव निकेश त्रिपाठीले बताए।

सहरी विकास मन्त्री प्रकाशमानमान सिंह आजै सङ्घिय सहरी विकास तथा भवन निमार्ण कार्यालय जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिका-१३ मा निमार्ण गरिएको सीता पुष्पवाटिका (मणिमण्डप)को उद्घाटन गर्न आएका थिए।

कमेन्टहरु