घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
रोजगारी सिलसिलामा गएका युवा भारतमा अस्ताए

उमेश रोकाया
२०८२ साउन ७ | मध्यान्ह ०८:०४ बजे

बाजुरा , साउन ७ । भारतमा रोजगारी सिलसिलामा गएका लैसिङ्ग भण्डारी मृत्यु भएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालीका – १ बाँमु गाउँका लैसिङग भण्डारी राेजगारकाे सिलसिलामा भारतको सिमलामा विगत ३ वर्षदेखि काम गर्दै आएका २७ वर्षीय लैसिङ भण्डारीको मृत्यु भएको हिमाली गाउँपालिका – १ का वडा अध्यक्ष जोक्या भण्डारी बताएका छन ।
आफ्नो जन्मभूमि घरबाट रोजगारीका लागि भारतकाे सिमलामा श्रीमान र श्रीमती दुबै जना ज्यालादारी काम गरिरहेका थिए । 22 जुलाईको बेलुका राति उनको मृत्यु भएको हो । अहिले श्रीमान मृत्यु भएपछि श्रीमतीले मृत्युको लास कुरेर बसिरहेका छन । घरमा एकासी छोराको निधन भएको खबर परिवारले पाएपछि मृत्युको लास नउठाउन हुन घरपरिवार श्रोतले जनाएको छ ।


















