घटना

भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता

रासस
२०८२ साउन ७ | बिहान १०:०४ बजे

सुर्खेत, साउन ७ ।  गएराति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए । उनका अनुसार भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको टिपर नदीमा खसेको हो । टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरूको अवस्था अज्ञात छ ।

बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए । बेपत्ता भएकाहरूको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु