देश

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारमा छलफल

जगत ठाडा मगर
२०७८ साउन १३ | बिहान ०८:०४ बजे

काठमाडौ । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु बैठक बस्ने तयारी गरेका छन्।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान ९ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्ने जानकारी गराए। मन्त्रिपरिषद विस्तारलगायत विषयमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ।

देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्। जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ।

गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए। एमालेका २२ जना सांसदले गत साउन ३ मा नै देउवालाई विश्वासको मत दिएका थिए। तर एमालेका ती सांसदहरु भने सरकारमा जाने वा नजाने भन्ने यकिन छैन।

कमेन्टहरु