दुर्घटना, समाचार

बसको ठक्करबाट वृद्धाको मृत्यु

नवलपुर टुडे
२०८२ साउन ६ | मध्यान्ह ०३:०४ बजे
 

भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानले बताउनुभयो । ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाउँपालिका–२, छाप घर भई काठमाडाैं नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 

कमेन्टहरु