देश

पश्चिम नवलपरासीको बर्दघाटमा विवादित जग्गाको बिषयमा स्थानीयवासीहरु आन्दोलीत

जगत ठाडा मगर
२०७८ साउन १२ | मध्यान्ह ०८:०४ बजे

बिनोद निगम
नवलपरासी । पश्चिम् नवलपरासीको ,बर्दघाट -१ – पुर्नवासले बर्दघाट- २ चिसापानीको ढेंडारी फांटमा रहेको जग्गामा प्लाटीङ्ग गर्न शुरु गरेपछि फेरी स्थानीयवासीहरु आन्दोलीत भएका छन् ।

बर्दघाट – २ ग कित्ता नम्बर १३१० को ८ बिघा २ कठ्ठा १२ धुर जग्गाको संरक्षणमा बर्दघाट नगरपालिका र नगरका राजनितिक दलहरु गम्भिर नभएका कारण जग्गा चिसापानी अस्पतालले नपाउने संभावना नरहेको र भूमाफियाहरुको हातमा गएको भन्दै स्थानियवासी आन्दोलीत भएका छन् ।

आज विहान स्थानिय सूर्यज्योती युवा क्लवको नेतृत्वमा आम भेला गराई जग्गा जोगाउन आवाहन गरेको थियो । सोही भेलाले चन्द्र बहादुर थापा मगरको संयोजकत्वमा संघर्ष समिति पनि गठन गरेको छ । नवगठीत संघर्ष समितिले मंगलबार नै बर्दघाट नगरपालिका वडा नम्वर २ को वडा कार्यालयमा ताला लगाएको छ । आफ्नो वडामा अस्पताललाई भनेको जग्गा विक्रि वितरणका लागि राष्ट्रिय आवास कम्पनीलाई सिफारीस दिएको भन्दै नवगठीत संघर्ष समितिले ताला लगाएको जनाएको छ ।

वडा कार्यालयमा ताला लगाएसंगै आक्रोसित स्थानिय भिडले बर्दघाट नगरपालिकामा पुगेर नगर प्रमुखका विरुद्ध नारावाजी समेत गरेको थियो ।

नारावाजीसंगै भिडले मुलगेटमा नै ताला लगाउन तम्सीएपछि नगर प्रमुखको कार्यकक्षमा केही प्रतिनिधिमुलक रुपमा छलफल भएको थियो ।

छलफल पश्चात नगरपालिकाको तर्फवाट उक्त जग्गाको विक्रि वितरणका लागि कहि कतै सिफारीस नगर्ने भन्दै प्रतिवद्धता सहित नगर प्रमुखधिरज शर्मा बस्यालले विज्ञप्ती जारी गरेपछि आक्रोशित भिडले नगर प्रमुख स्वंय उपस्थित भई त्यसको जवाफ दिनुपर्ने माग राखेका थिए भने नगर प्रमुख बस्यालले आक्रोशित भिडलाई सम्बोधन नगरेपछी उहाँले जारी गरेको सो प्रेस विज्ञप्ती आफु्हरुलाई मान्य नहुने र संद्दर्षका थप कार्यक्रमहरु तय अगाडी बढ्ने चेतावनी समेत दिएका छन ।

यस विषयमा नगर प्रमुख बस्यालसंग जिज्ञासा राख्दा नगर प्रमुख बस्यालले नगरले आफ्नो स्तरवाट सो जग्गालाई नगरपालिकाको माताहतमा ल्याउने र अस्पतालका लागि नै प्रयोग गर्ने गरी संघिय र प्रदेश सरकारसंग समन्वय गरीरहेको प्रतिकृया दिनुभएको छ ।

२०७६ फागुन ४ गते सर्बाेच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र न्यायधीश कुमार रेग्मीको संयुक्त इजलाशले उक्त जग्गाको मुद्धामा तिमिल्सिना टे«डर्स प्रालिको पक्षमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।

सोही आदेश अनुसार आफुहरुले कार्यन्वयन गर्न खोज्दा अवरोध भएपछि स्थगित गरीएको राष्ट्रिय आवास कम्पनी लि.योजना कार्यालय नवलपरासी ,बर्दघाट –१,पुर्नवासका प्रमुख महेन्द्र थापाको भनाई रहेको छ ।

मंगलबार दिनभर जसो नै नगरपालिका परिसर तनावग्रस्त रहेको थियो भने सुरक्षाका लागी सुरक्षाकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

कमेन्टहरु