राजनीति

कांग्रेस सर्लाहीका जिल्ला सभापति सिंह देउवाद्वारा सम्मानित 

नवलपुर टुडे
२०८२ साउन ५ | मध्यान्ह ०७:०४ बजे

सर्लाही, श्रावण ५ । नेपाली कांग्रेस सर्लाही जिल्लाका सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले सम्मान गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिंहलाई पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गर्नुभएको हो ।

पार्टीले स्थापना गरेको केन्द्रीय पुस्तकालयलाई आर्थिक सहयोग गरेवापत सिंहलाई सम्मान पत्रसहित सम्मान गरेको हो । सुरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस सर्लाहीका सभापति हुन ।

सर्लाही जिल्लाबाट पार्टीको सक्रिय नेतृत्व गरिरहेका सिंहलाई स्थानीय स्तरमा चर्चित र जनताका भरोषायोग्य नेता र सर्लाही स्थानीय तहमा १२ ओटा पालिका जिताउन सफल भएको सभापति देउवाको भनाइ छ । नेता सुरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस पार्टीलाई संगठनं बनाउन दिनरात जनताको माझमा काम गर्दै आएको छ। सिंहले गरेको आर्थिक सहयोगले केन्द्रीय पुस्तकालयलाई व्यवस्थित गर्न मद्दत पुगेको सभापति देउवाले बताउनुभयो ।

‘केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेर हाम्रा नेताहरूले पठन संस्कृतिलाई जोड दिनुभएको नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार विभाग सचिव निकेश त्रिपाठीले बताए । पुस्तकालयले पार्टीका नीति, सिद्धान्त र अरु ज्ञान आर्जनका लागि सहयोग गरेको छ,’ देउवाले भन्नुभयाे, कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्छन्, फेरि माथि को जान्छ पढ्न भन्ने पनि छन्।’

कमेन्टहरु