शहीद दिवस कार्यक्रम कालेबुङमा शहीद र शहीद परिवारहरू संग केही झलक


सुस्मिता थामी
दार्जिलिङ । २७ जुलाई १९८६ को दिन कालेबुङमा जुन घटना घट्न पुग्यो त्यो घटना गोर्खा जातिले बिर्सेर पनि बिर्सन सक्दैन।

जाति अस्तित्व र अस्मिताको निम्ति निस्किएको निर्दोष गोर्खे सन्तानहरू माथिसी आरपीएफले अन्धाधुन्ध गोली चलाउँदा प्राणको आहुति चढाउन पुगेका बीर र बलिदानी शहीदहरुको नाममा प्रत्येक वर्ष २७ जुलाईको दिन “शहीद दिवस” पालन गरेर बवीर शहीदहरुलाई श्रद्धाञ्जली चढाउने गर्दछौं।
आजको दिन “गोर्खाल्याण्ड” को निम्ति शहीद बनेका ती प्रत्येक बीर बलिदानी योद्धाहरुलाई स्मरण गर्ने दिन, उनीहरूको आत्म शान्तिको कामना गर्ने दिन, उनीहरूले अधुरो छोडेर गएको सपना पूरा गर्ने संकल्प गर्ने दिन। ती शहीदहरुले दिएको योगदान र बलिदानको अवश्य पनि मूल्याङ्कन हुनेछ ।
यस पूण्यतीथिमा शहीदहरुको बलिदान प्रति नतमस्तक बन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । जय गोर्खा, जय गोर्खाल्याण्ड






















