देश

जसपाले लुम्बिनी प्रदेशका आफ्ना तीन सांसदलाई कारबाही गर्ने तयारी

जगत ठाडा मगर
२०७८ साउन १२ | मध्यान्ह ०७:०४ बजे

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका आफ्नै तीन सांसदलाई कारबाही गर्ने तयारी गरेको छ।

जसपाका कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेश सरकारमा रहेका सांसदहरुलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो।

जसपाका एक कार्यकारिणी सदस्य अनुसार प्रदेश सांसदहरु विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निश्काषन गर्न पत्र पठाउने निर्णय भएको हो।

यसअघि पनि विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सन्तोष पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको बहुमतले निष्कासन गर्ने निर्णय गरेको थियो। बहुमतको निर्णयकै आधारमा प्रदेशका सभामुखले उनीहरुलाई निष्कासन गरेका थिए।

तर उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बाहली गरिदिएको थियो। रायमाझी भने यसअघि नै सरकारबाट बाहिरी सकेकी छन्। जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारीकता पाएको भोलिपल्टै उनीहरु कारबाहीमा परेका हुन्।

कमेन्टहरु