प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मा दिने मन्त्रिपरिषद्को निर्णय

जगत ठाडा मगर
२०७८ साउन १२ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कामु प्रधान सेनापति बनाउन राष्ट्रपतिलाई सिफारिस पठाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ।
शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।
अवकाश हुनु भन्दा एक महीना अघि प्रधानसेनापति विदामा बस्ने प्रचलन रहेकाले उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए ।






















