राजमति नाटक र चिपनिप कथा विमोचन (भिडियाे सहित)


काठमाडौं । साहित्यकार जीवनराम श्रेष्ठको राजमति नाटक र चिपनिप कथा विमोचन शनिबार विमोचन गरिएको छ ।
साहित्यकार जीवन श्रेष्ठले आफुले इतिहासविद् प्रकाशमान सक्वको उत्प्रेरणाले कोरानाकालमा राजमति नाटक रचना गरिएको जनाउँदै प्रायः जसो राजामति साँखुको चेली भएकाले साँखुको रहनसहन अनुसार नाटकमा प्रस्तुत गरिएको जनाए । यस नेपाल भाषाका चर्चित उपन्यासकार मथुरा साय्मीको चिपनिप कृतिलाई कुनै असर रहित नयाँ शैली प्रस्तुत गरिएको जनाए ।
विशेष अतिथी संस्कृतिविद् चुन्दा बज्राचार्यले नेपालभाषाको चर्चित लोकगीत राजमति बारेमा चर्चा गदै यस नाटकमा साहित्यकार जीवन श्रेष्ठले राजमतिलाई मुख्यशक्तिशाली पात्रका रुपमा चित्रण गरिएको छ । राजमति गीत, चलचित्रका साथै नाटक अध्ययन पश्चात लेखक श्रेष्ठलाई प्रतिकृया दिन समेत अनुरोध गरिन ।
माननीय भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले दुई सय बर्षदेखि अहिलेसम्म चर्चित रहेको राजमति जस्तो अमर चिरिञ्जीवी गीत अन्य भाषामा नरहेकाले नेवार समुदायका लागि हर्षको विषय भएको जनाए । जीवन श्रेष्ठले राजमतिको नाटक प्रकाशित गर्नु भएकोमा बधाई दिनु भयो ।
कार्यक्रमका अतिथी नेपाली कांग्रेशका नेता लोकेश ढकालले केदारमान ब्यथितले भने जस्तै राजनीतिलाई शौचालय, साहित्यलाई भोजनालय चर्चा गर्दै साहित्यले आफ्ना पात्र मार्फत समाजको चरित्र चित्रण गरिनु पर्ने जनाए । साहित्य मार्फत देश समाजको प्रतिबिम्बित गर्न सक्नुपर्ने धारणा राखे । साथै उनले जीवन श्रेष्ठको नेपालभाषामा लेखिएको नेपाली भाषामा प्रकाशित गर्नु पर्नेमा जोड दिए ।
अतिथी राजभाई मानन्धरले नारी हाम्रो धर्म, कर्म तथा संस्कृति भित्रको शक्तिको रूपमा नारी रहेको जनाए । उनले नारीले समाज मात्र नभई देश पनि हाक्न सक्छ भन्ने भाव राजमतिको जीवनीमा पाइएको धारणा राख्दै लेखक जीवन श्रेष्ठलाई शुभकामना दिए ।
सो कार्यक्रमका अतिथी संखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले नेपालभाषा बाँचेमा मात्रै हाम्रो अस्तित्व रहने भएकाले अहिले हामी मिलेर हाम्रो समाज, देश परिर्वत गर्ने साहित्यिक क्षेत्रलाई नै अगाडि लानु पर्नेमा जोड दिइन । साथै साँखुका मेयर रमेश नापितले साँखुलाई कसरी विकास, समृद्धिमा चिन्तित रहने महाकवि गिरिजाप्रसाद जोशीकै पथमा लम्किरहेका लेखक जीवन श्रेष्ठको प्रशंसा गरे ।
प्रमुख अतिथी पुर्वमन्त्री भिमसेनदास प्रधानले आज जीवन श्रेष्ठको “राजमति” नाटक र चिपनिप कथा पुस्तक बिमोचन भएकाले साहित्य, संस्कृति र सिर्जनाको गौरवमय दिन भएको जनाए । साहत्यिकार श्रेष्ठको आगामी दिनमा अझै उत्तरो प्रगतीको कामना गरे । उनले कांग्रेश पार्टीको सदस्यता लिएर राजा आउ भन्न नपाइने धारणा राख्दै यदि त्यस्तो भन्ने हो कांग्रेश पार्टीको सदस्यता छोड्नु पर्ने जनाए । राजा आउने भन्ने कुरा नेपालको संविधानमा कहि पनि नदिइएको जानकारी गराए।
विशेष अतिथी कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, अतिथी शंखरापुर नगरपालिकाका पुर्व मेयर सुवर्ण श्रेष्ठ, साँखुका इतिहासविद् प्रकाशमान ‘सक्वः’, भाषा साहित्य न्ह्यलुवा विश्वेश्वरदास श्रेष्ठ, नेपालभाषा एकेडेमीका सदस्य राजेन्द्र कुमार ‘पुता’ कवीरमान शर्मा फुयाल, गोविन्द बहादुर श्रेष्ठ, मञ्जु खड्का, एल्मी श्रेष्ठ, मिजेन्द्रकाजी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FlezGNI070I0%3Fsi%3DiWEa8pGpG5VyjXw2%26fbclid%3DIwZXh0bgNhZW0CMTAAYnJpZBExUlBybHIwa0VlUDV5UUFNMAEetcOOU5eP8vO_sPCXuoBzoJYaD67DfBt9DAFqgEuo3OXcetCG4XfEqmpGcl0_aem_naI4MMvO_cxOdJlY3EhhWA&h=AT1aZStySHl61NSfUuspZ1rH5gJH3Z_u8uFhkLmj8-w-5Slm_kThr-2ssgQNSf7N_-Jbn_Or0oh9HAeb2bt859sgr9w6kbT1Sec2vhbx8aZ9fiK8SlvKv77zBqVklxB22QzzKWGC74Xv-t91By69aQ























