देश

कैलालीबाट साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन १२ | मध्यान्ह ०३:०४ बजे

कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाबाट ५ किलो ५ सय ग्राम चरेश सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरिगंगा–११ निवासी ४० वर्षीय गोरे धामी उर्फ गोरख र गोदावरी नगरपालिका–६ निवासी धन बहादुर धामी रहेका छन् ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनिहरुको साथबाट १ लाख २० हजार नगद पनि बरामद गरेको छ ।

पुर्वपश्चिम राजमार्गबाट पक्राउ परेका गोरे धामिको साथमा चरेश फेला परेको थियो । उक्त चरेश धन बहादुरले दिएको बयानका आधारमा उनलाई गौरिगंगा–११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले रातोपाटीलाई बताए ।

उनिहरुबिरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु