नेपाल-अमेरिका पत्रकार संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा विकासराज न्यौपाने चयन

जगत ठाडा मगर
२०७८ साउन १२ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । नेपाल–अमेरिका पत्रकार संघ (नेजा)ले नयाँ कार्यसमिति गठन गरेको छ ।
जुलाई को २४ र २५ तारिकमा अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको नेजाको चौथो साधारण सभा तथा सातौं अधिवेशनले नयाँ अध्यक्षमा विकासराज न्यौपानेलाई निर्वाचित गरेको छ ।
यसैगरी नेजाको उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, कोषाध्यक्षमा प्रभात भट्टराई र सचिवमा कल्पना घिमिरे चयन भएका छन् ।
साधारण सभाकै अवसर पारेर नेजाले नेपालको ग्रामीण पत्रकारितामा उत्कृष्ट योगदान पुर्याएबापत रसुवाकी पत्रकार अनु आचार्यलाई ‘नेजा ग्रामीण पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशी २ लाख २२ हजार रुपैयाँ रहेको छ ।






















