निहित स्वार्थका लागि पालिकालाई बदनाम गर्न खोजियो : मेयर यादव


वीरगंज । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले केही व्यक्तिले आफ्नो निहित स्वार्थका लागि नगरपालिकालाई बदनाम गराएको बताएका छन् ।
केही दिन अघि विभिन्न मिडियामा पर्सागढी नगरपालिकाको विषयलाई लिएर आएको समाचारको खण्डन गर्दै मेयर यादवले केही व्यक्तिले आफ्नो निहित स्वार्थमा रहेर मिडियामा समाचार लेख्न लगाएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।
पत्रकार सम्मेलनकाे आयाेजना गर्दै मेयर यादवले नगरपालिकालाई बदनाम गर्न जनमानसमा भ्रम सृजना गर्ने बिपक्षिले राजनैतिक स्वार्थ सिद्ध गर्न खाेजेकाे आराेप लगाएका हुन् ।
आ.ब.०७८/०७९ को पाँचौ नगर सभा सम्बन्धमा कुरा राख्दै मेयर यादवले स्थानिय सरकार संचालन ऐन २०७४ तथा नगरपालिकाको नगर सभा संचालन सम्बन्धि बिधेयक २०७८ बमोजिम नगर सभा संचालन भएकाे वताए ।
उनले नगर सभा संचालनका लागि कुनै थप परामर्शदाता सेवामा नलिईएको बताउँदै बिगत बर्ष झै थप परिस्कृत ढङ्गबाट नियमानुसार बहुमतको आधारमा पाँचौ नगर सभा भए भएकाे जनाए ।
उक्ता सभामा नगर सभा सदस्य संख्या ५० जना मध्ये ४५ जना सहभागि भएकाे र ४५ जनाले नै हस्ताक्षर समेत गरेकाे उनले बताए । यस सम्बन्धमा केही समय पहिला उप मेयर अर्चना चाैधरीद्वारा गरिएकाे पत्रकार सम्मेलन आवेशमा आई र बहकावामा परी कुन्ठित सोचका कारण गरेकी बताए ।
लेखा अधिकृत राम कुमार कुशवाहको सरूवा सहमति अनुसार नै संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेकाे बताउँदै मेयर यादवले रातारात सरुवा भएकाे समाचार निराधार भएकाे वताए ।
मेयर यादवले आर्थिक बर्षको अन्त्यमा आई २०७८ जेष्ठ २ गतेका दिन तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शालिक राम ढकालबाट १ महिने घरबिदा सहित अन्य व्यवस्था गरी कार्यालय संचालन गर्नुहुन भनि नगर प्रमुख समक्ष निबेदन पेश भए बमोजिम बैकल्पिक व्यवस्था गर्न बाध्य भई कार्यपालिकाको निर्णयअनुसार मन्त्रालय नगरपालिकाकाे निमित्त प्रमुख प्रशासकिय अधिकृतमा भरत प्रसाद यादवलाई जिम्मेवारी दिएकाे बताए ।
अस्थाई कोभिड अस्पताल तथा मिनि आईसुलेशन संचालन तथा भुक्तानि सम्बन्धमा कुरा राख्दै नगरपालिकाका प्रवक्ता किशुनदेव प्रसाद यादवले कोभिड १९ बाट जनताको जिवनरक्षा पालिकाको प्रथम प्राथमिकता रहेको र सोहि क्रममा उपयुक्त व्यस्थापनका लागि अस्थाई कोभिड अस्पताल होटल साह दरबार वीरगंज तथा मिनि आईशुलेशन होटल कुमु प्यालेश वीरगंजमा नियमाअनुसार संचालन गरी नगरबासिलाई उक्त स्थानहरुबाट नि–शुल्क सेवा प्रदान गरिएको वताए ।
साे सम्बन्धमा हाल सम्म कुनै भुक्तानि नभएको र यस गम्भिर बिषयमा नगरकार्यपालिकाको बैठकको निर्णयलाई समेत तत्कालिन निज जिम्मेवार कर्मचारीहरुबाट बेवास्था गर्दै नियतबस गलत मनसायका कारण यो अवस्था सृजना गराईएको उनकाे भनाई थियाे ।
नियमअनुसारका कार्यालयबाट सुचना प्रदान गरिदै आएको समेत प्रवक्ता यादवले वताए । आर्थिक बर्ष अन्त समयमा आई कार्यालयलाई दबावपुर्ण शैलिमा नगर बिकासकाे गतिबिधिलाई प्रभाबित गर्ने उदेश्यका साथ माग गरिएका पछिल्ला सुचनाको हकमा नियमानुसार सुचना प्रदान गर्ने सहमति भएको उनले जानकारी गराए ।
नगरपालिकाकाे वडा नं. ८ हरपुरमा रहेकाे नगर सभा बैठक कक्षमा भएकाे पत्रकार सम्मेलनमा निमित प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादव, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन मेयर यदावकाे सचिवालय प्रमुख गिरि राज कडेलले गरेका थिए ।






















