मधेश प्रदेश

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

नवलपुर टुडे
२०८२ असार ३२ | बिहान ११:०३ बजे

काठमाडौँ, असार ३२ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन्।

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उहाँले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन्।  

कमेन्टहरु