दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

उमेश रोकाया
२०८२ असार ३१ | मध्यान्ह ०४:०३ बजे

बाजुरा , असार ३१ । जिल्लाको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्मर ३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन । घरबाट घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे स्थानियले बताएका छन ।
स्थानीय देबेन्द्र धामीका अनुसार बोहरा आज बिहान घर नजिकैको बागेडोरा भन्ने जंगलमा घाँस काट्न गएका थिए। लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनि मृत अवस्थामा फेला परे उनले भने । बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेकाे हुन सक्ने स्थानियले बताएका छन् ।























