घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको बुढीगंगा नदीमा बगेर एक जनाको मृत्यु

उमेश रोकाया
२०८२ असार ३० | मध्यान्ह ०४:०३ बजे

बाजुरा , असार ३० । बाजुराको बुढीगंगा नदीमा बगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका २ का अन्दाजी ३७ बर्षीय लोक बहादुर बढथापा छन् ।

उनी सोमवार बिहान घरबाट दाउरा लिन भनि बुढीगंगा नदीमा गएका थिए । दाउरा ल्याउन गएका बुढथापा अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी कार्य गरेका थिए । स्थानीय सहित प्रहरीले खोजी कार्य गर्दा उनको शव करिब एक किलोमिटर तल नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीले बताए । उनले दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनकाे मृत्यु भएकाे बताए ।

मृतक बुढथापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ भने घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु