देश

कोरियाबाट दुखद खबर आयो, अस्ताय हलेसीका मदन

जगत ठाडा मगर
२०७८ साउन १२ | बिहान ०८:०४ बजे

कोरिया । दक्षिण कोरियामा फेरि अर्को एक दुखद खबर घटेको छ। यहाँ रहेका एक नेपालीको हृदयघातका का’रण ज्यान गएको छ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया थेजन चुङनाम क्षेत्रिय समितीका सभापति समेत रहेका मदन भुजेलको ज्यान गएको हो। मिति २०२१ जुलाई २५ तारिख आइतबार हृदयघातका कारण उनको ज्यान गएको एनआरएनए दक्षिण कोरियाले जानकारी दिएको छ। एनआरएनए कोरियाले तय गरेको आठौ कार्यसमितीको सपथ ग्रहण कार्यक्रम समेत स्थगित गर्दै शोक बिज्ञप्ति जारी गरेको छ। एनआरएनए कोरियाले जारी गरेको शोक बिज्ञप्ति यस्तो छ।

शोक बिज्ञप्ति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया चुङनाम क्षेत्रिय समितिका सभापति श्री मदन भुजेल को मिति २०२१ जुलाई २५ तारिख आइतवार हृदय घातका कारण भएको असामयिक निधनको समाचारले समस्त गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया मर्माहत र शोकाकुल भएको छ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया स्वर्गीय मदन भुजेलको आत्माको चिर शान्तिको का’मना गर्दै शोक सन्तप्त परिवारमा धै’र्य धारणका लागि प्राथना गर्दछ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका एक अभियन्ताको आकस्मिक निधनका कारण आजको सपथ ग्रहण कार्यक्रम अर्को सुचना नभएनजेल सम्मका लागि स्थ’गित भएको जानकारी गरिन्छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया।

कमेन्टहरु