दुर्घटना

कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते

नन्द किशोर कुर्मी (लालु)
२०८२ असार २९ | बिहान ०६:०३ बजे

कपिलवस्तु । कपिलवस्तुको बेलनदी नजिकै काठमाडौँ देखि दाङ आउदै गरेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन । घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन । वृद्धलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

कमेन्टहरु