खेलकुद

चितवनमा भोलि क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन हुने

नवलपुर टुडे
२०८२ असार २७ | मध्यान्ह ०८:०३ बजे

भरतपुर । चितवनमा भोलि (शनिबार) कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमको भोलि बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नेछन् । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद बिकास समितिका कर्मचारीहरु सहभागी हुनेछन् । उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

यस्तै भोलि नै मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । जसमा २४ टोली सहभागी हुने समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए । युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट ३, बागमती प्रदेश खेलकुद बिकास परिषदबाट ४, प्रदेश युवा परिषद हेटौंडाबाट १ तथा चितवन जिल्ला खेलकुद बिकास समितिबाट २ टिम हुनेछ ।

यस्तै बागमती प्रदेशकै अन्य १२ जिल्ला खेलकुद बिकास समितिबाट एक-एक टिम सहभागी हुनेछन् । खेल बिहान ८ बजेबाट भरतपुर कभर्ड खलमा सुरु हुने ढकालले जानकारी दिए । 

कमेन्टहरु