पाल्पा रामपुरमा ११ वर्षीय बालिकालाई जवरजस्ती करणी गर्ने बालक प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ साउन १२ | बिहान ०७:०४ बजे

पाल्पा । रामपुर नगरपालिकाकी ११ वर्षीय बालिकालाई जवरजस्ती करणी गर्ने बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँ घिरिङ गाउँपालिका बस्ने १७ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बालिकाले बताए अनुसार रामपुर नगरपालिका अन्तर्गतको होटलमा जवरजस्ती करणी गरेको आरोपमा बालकलाई सोमबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रबक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
बालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।






















