नारायणगढ–बुटवल–सडक भासियो, सडक पूर्ण रूपमा अवरुद्ध

नवलपुर टुडे
२०८२ असार २५ | बिहान १०:०३ बजे

दाउन्ने । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-नारायणगढ सडक गएरातिदेखि अवरुद्ध भएको छ । नारायणगढ -बुटवल सडक योजना कार्यालयका अनुसार दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
सवारी साधन बिच बाटोमा रोकिएका छन् । वर्षाका कारण सडकको केही भाग बगाएको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रूपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ । आयोजना जारी गरेको सूचना मर्मत कार्य जारी रहेको उल्लेख गर्दे दिउँसो देखि दुई तर्फी रूपमा सञ्चालन हुने गरी काम भइरहेको जनाएको छ।


















