अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, घटना, दुर्घटना, देश, धर्म–संस्कृति/रीतिथिति, निर्वाचन, पर्यटन, प्रदेश, प्रबास, बिश्व

एनआरएन दुवै पक्षिय विवाद लाई समाधान गरी एकता हुने तर्फ तत्पर रहेको एनआरएन एनसीसी यूएईका पदाधिकारीहरुको चाहना !

कबिराज राजबंशी
२०८२ असार २२ | बिहान ०१:०३ बजे

कविराज राजवंशी प्रवास यूएई/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनपछि उत्पन्न विवादका कारण विनोद कुँवर समूहले गठन गरेको “ग्लोबल एनआरएनए युएई” को पूरा कार्यसमिति संघको संस्थापक्ष डा. बद्री केसीको नेतृत्वमा रहेको समितिले एकताको पहल गरेका छन्

received 1771972473398693

एनआरएनए यूएईका उपाध्यक्ष विष्णुलाल श्रेष्ठ र ग्लोबल एनआरएनए युएईका कार्यबाहक अध्यक्ष ईश्वर श्रेष्ठको संयुक्त पहलमा मूलधारको एनआरएनएमा फर्केर एमआईएस (मेम्बरशिप इन्फर्मेसन सिस्टम) मार्फत सदस्यता वितरण गर्ने सहमति भएको हो।

received 1424787272166320

दुबईमा २९ जून २०२५ आईतबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य एमडि बोहोरा, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईका सल्लाहकार बाबुराम सापकोटा, एनआरएनए मध्यपूर्व युवा संयोजक निरञ्जन सिलवाल तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष विष्णुलाल श्रेष्ठको विशेष पहलमा उक्त घोषणा गरिएको हो। सहमति पछि ग्लोबल एनआरएनए युएईका कार्यवाहक अध्यक्ष ईश्वर श्रेष्ठले अब एनआरएनएलाई एक बनाउन आफूले पहिलो कदम चालेको बताए। उनले विश्वभर एउटै एनआरएनएको छवि देख्ने आफ्नो चाहना रहेको उल्लेख गरे।

received 766125375988732

एनआरएनए राष्ट्रिय समन्वय परिषद् (यूएई) का उपाध्यक्ष विष्णुलाल श्रेष्ठले अब डा. बद्रि के.सी र महेश श्रेष्ठ दुवै पक्ष एक भएर अघि बढ्ने संस्थालाई विवादित नबनाई बिशुद्ध समाज सेवा प्रति समर्पित हुँदै अघी बढ्ने कुरा प्रष्ट पारे। कार्यक्रममा एनआरएनए एनसीसी (युएई) का सचिव सुमन भण्डारी, र नवराज श्रेष्ठ, एनआरएन अभियन्ता नवतारा खरेल, दीपक खनाल, बिनोद न्यौपाने लगायतको सहभागिता थियो। नयाँ सहमति अनुसार “ग्लोबल एनआरएनए युएई” पूर्णरूपमा विघटन भएको छ।

 

 

 

 

 

 

 

 

 

कमेन्टहरु