देश

महोत्तरीमा डेढ अर्बको लागतमा कागज उद्योग स्थापनाको शिलान्यास

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह ०७:०४ बजे

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा १ अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापना हुने भएको छ ।

आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इन्डष्ट्रि प्रालीको शिलान्यास गरेका छन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतमको लगानी रहेको छ ।

उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ । उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहनेछ । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ ।

नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताए । नेपालमा ‘फिनिक्स प्रडक्ट’ नै दिने यस्तो खालको उद्योग पहिलो पटक स्थापना हुन लागेको छ । यसबाट नेपालमा अहिलेसम्म हुने गरेको कागजको आयातलाई प्रतिस्थापन हुने अपेक्षा गरिएको छ । आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकोमा महोत्तरीका रामनगर बासी उत्साहित देखिएका छन् ।

कमेन्टहरु