अर्थ, खेलकुद, दुर्घटना, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बाढी/पहिरो, बिश्व, मनोरन्जन, रोजगार, विश्व, समाज

सैनामैना सेवा समाज यूएईको आयोजनामा हुन लागेको तीज धमका २०२५ मा खुमन र मञ्जु विशेष दिन दुवई आउँदै।

कबिराज राजबंशी
२०८२ असार २२ | बिहान १२:०३ बजे

सैनामैना सेवा समाज यूएईको आयोजनामा हुन लागेको तीज धमका २०२५ मा खुमन र मञ्जु विशेष दिन दुवई आउँदै।

कविराज राजवंशी प्रवास यूएई/ सैनामैना सेवा समाज यूएईको आयोजनामा तीज धमका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम गर्न लागेको हो ।

FB IMG 1751741776417

सन् २०१८ देखि “विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान” भन्ने मुल नाराका साथ सेवा दिँदै आएको समाजले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तीज धमका आयोजना गर्न लागेको कार्यक्रम संयोजक युवराज भट्टराईले जानकारी दिए । 

FB IMG 1751741751677

संयोजक भट्टराईका अनुसार कार्यक्रम आउँदो अगस्ट ३ तारिख आइतबारका दिन युएईको दुबईस्थित बरदुबईको क्लब एभरेस्ट याक एण्ड यतिमा हुँदैछ । कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायीका मञ्जु भट्टराईको मुख्य प्रस्तुती रहने आयोजकले जनाएको छ । 

Messenger creation 536A7EC6 928B 49EE 8557 3624EDEE8FF1

साथै, यूएईमा रहेका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ । कार्यक्रमको उद्घोषण भने समाजका महासचिव तथा कुशल उद्घोषक सुरेन्द्र परियारले गर्ने छन । कार्यक्रममा नेपाली परिकारहरुको स्वादमा पनि रमाउन सकिने बताइएको छ । हाल समाजले कार्यक्रमको तयारी तथा प्रचार प्रसारको कार्यलाई तिव्रताका साथ अघि बढाएको पनि संयोजक भट्टराईले जानकारी दिए ।

कमेन्टहरु