राजनीति

०८४ लाई क्रान्तिको नयाँ चरणको रुपमा लिएका छौँः दाहाल

नवलपुर टुडे
२०८२ असार २१ | मध्यान्ह ०४:०३ बजे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले २०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गरे।

महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको उनको भनाइ थियो।

उनले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भूमिका खेलेको बताए। आगामी निर्वाचनको लडाइँमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने उनले बताए।

उनले भने, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउने छौँ। यही विश्वास छ।’

कमेन्टहरु