मधेश प्रदेश, मनोरन्जन

मैथिली गीत संगितलाई बलिउड जस्तै बनाउदै गायक सन्नु कुमार

रामएकवाल राम
२०८२ असार २१ | मध्यान्ह ०२:०३ बजे

दोहा । पछिल्लो पुस्तामा मैथिली गीत संगित क्षेत्रका बहुचर्चित एवं सबैको मनमा बस्न सफल मैथिली गायक सन्नु कुमार गीत संगितमा लोकप्रिय बन्दै गएका छन।

सप्तरी जिल्लामा जन्मिएका गायक सन्नु कुमार आफ्ना अब्बल सिर्जना र स्वरबाट मैथिली गीत संगितमा शिर्ष स्थानमा रहेका उनको गीत नेपाल तथा छिमेकी मुलुक भारतको आमदर्शकको रोजाइमा पर्नुभएको छ । यसै कारण साङ्गीतिक स्टेज सोहरूमा उहाँलाई भियाई नभियाईरहेको छ।

साङ्गीतिक बजारको मैथिली गीत संगितमा छुट्टै स्थान हासिल गरिसकेको उहाँले पछिल्लो समय कतारको स्टेज शोहरुमा गाएका गीत सारा नेपाल कतारोमे तोहर पूरा मधेशिया छौ फ्यान फ्लोवर भन्ने गीतले बिदेशमा पनि उतिकै चर्चामा आएका थिए।

बर्षोंको संघर्ष पश्चात मुस्कानमे आँहाके जादु कोनो छुपल गीतबाट उनी चर्चामा आएका हुन । गायक सुन्नु कुमार त्रिभुवन युनिभर्सिटीबाट मास्टर्स गरेका छन।

नथिया टुट्ल, पिया पिया, चेहरा छुपाके एलौ, नैनाकटार आहाके, सुनगे पगली तोरा बिना, तोरासे साथजे छुटटौ, बिन बाजबु न यौ सजना हमर मिथिला के गाम बड प्यारा, हे वीर मधेसी, आदि जस्ता गीतहरु गाएर स्रोता र दर्शक माझ प्रस्तुत भई खुब नाम कमाएका छन ।

कौशल झाले सम्हालिरहेका सन्नु कमार इन्टेरटेनमेन्ट युटुब चैनल मार्फत चारैतिर चर्चा कमाईरहेका गायक सन्नु कुमारले मैथिली सांगीतिक क्षेत्रलाई बलिउड जस्तो बनाउने उनको सपना रहेको बताएको छ।

कमेन्टहरु