हेड काउन्टको लागि रेशम चौधरी निर्बाचन आयोग उपस्थित, उपेन्द्र यादबलाई भेट्न पाएन

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह ०३:०४ बजे

काठमाडौ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।
उपेन्द्र यादव र महन्थ ठाकुर मध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा चौधरीले आफूले नेताहरू सँग कुराकानी गरेर मात्र निर्णय लिने बताए ।
उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखत बारे निर्णय लिने बताए ।
रेशमले पहिले उपेन्द्र यादवसँग छलफल गर्न चाहेका थिए । तर यादव यसअघि नै कार्यालयबाट बाहिरिसकेका कारण भेट हुन सकेन । त्यसपछि उनी महन्थ ठाकुरसँग छलफल गर्न पुगेका छन् ।























