बुटवलमा ३१औं विश्व आदिवासी जनजाति दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय


बुटवल, असार १९ । रुपन्देहीमा यस बर्षको ३१ औं विश्व आदिवासी जनजाति दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। आदिवासी जनजाति महासंघ समन्वय परिषद रुपन्देहीको गत असार ११ गते बसेको बैठकले यस बर्षको विश्व आदिवासी जनजाति दिवस बुटवलमा रक्तदान कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता र वक्तृतवकला प्रतियोगिता कार्यक्रम गरी मनाउने निर्णय गरेको हो।
गाउँ तथा नगर परिषदहरुलाई पत्राचार गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय, प्रदेश, जिल्ला गाउँ नगर समन्वय परिषदबाट दिइएको निर्देशन अनुसार प्रत्येक वर्ष मनाउदै आईरहेको विश्व आदिवासी जनजाति दिवस यस महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले गत वर्षहरुमा गाउँ नगर परिषद्हरुमा पालिकाबाट बजेट विनियोजन हुने र आ-आफ्नो पालिकाका युवा पिढी तथा बयोवृद्धहरुलाई कार्यक्रममा सहभागी गराउन पनि सहज हुने र सबै जनजातिको कला सस्कार सस्कृक्ति पनि प्रस्तुत हुने उद्देश्यका साथ आ-आफ्नो पालिकाहरुमा मनाईदै आएकोमा यस वर्षको ३१ औं विश्व आदिवासी जनजाति दिवस २०८२ ( 9 August 2025) मा विविध र्काक्रमसहित बुटवलमा मनाइने जानकारी गराइएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीका महासचिव प्रेम कनौजेद्वारा प्रेषित परिपत्र अनुसार जिल्ला परिषद रुपन्देहीको यही असार ११ गते बसेको बैठकको निर्णय अनुसार आदिवासी जनजाति युवाहरुलाई शिक्षा तर्फ उन्मुख गराउदै आदिवासी जनजातिहरुको रहनसहन, भाषा, कला, संस्कार, संस्कृति सम्बन्धि लोक सेवा आयोगमा आउने प्रश्नावलीलाई मध्यनजर गर्दै हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, वक्तृत्वकला जस्ता कार्यक्रमहरुको आयोजना गरी ३१ औं विश्व आदिवासी जनजाति दिवस भव्य रुपमा मनाउने निर्णय भएको जानकारी गराईको छ।
यस्तै परिषदका जिल्ला अध्यक्ष चित्रलाल तुलाचनको अध्यक्षतामा बसेको बैठकले यस बर्ष असार २१ गते बुटवलमा मनाइने कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन रुपन्देहीमा कृयाशिल महासंघ जिल्ला रुपन्देही मातहतका ११ वटा एकल जातीय संस्थाहरुबाट आ-आफ्नो दायित्व अनुसार आर्थिक तथा भौतिक सहयोगकोसमेत अपेक्षा गरेको छ।























