स्याङ्जा पिँडिखोलास्थित रातोपुलमा मोटरेवल पुल निर्माण अन्तिम चरणमा


तिलक पराजुली
विहादी, पर्वत । स्याङ्जा जिल्ला गल्याङ्ग नगरपालिका-५ र वडा नम्बर- ६ जोड्ने मोटरेवल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । हिमतारा पुर्वाधार विकाश कम्पनी हेटौंडाले निर्माणको ठेक्का लिएको उक्त पुल २०८१ वैशाखवाट निर्माण सुरु गरेको थियो ।
उक्त निर्माण कम्पनीका मेन ठेकदार खगेन्द्र पौडेल हुन । पुलको सरदर लम्बाइ ३० मिटर रहेको छ । पुलमा वारिपारि गरेर जम्मा २ वटा जिप निर्माण गरी तयार गरिएको छ । निर्माण कम्पनीहरुको लापरबाहीका कारण कयौं पुलहरु अलपत्रमा परिरहेको वेला उक्त कम्पनीले करिव १५ महिनामा पुल सम्पन्न गर्ने घडिमा रहेको छ।
यस्ता कम्पनी नेपालमा विरलै भेटिने गर्दछन । उक्त पुल निर्माण सम्पन्न भएपछि दक्षीण पर्वतको सेतिवेणीदेखि वालिङ र गल्याङ जानको लागि मात्र १७ कि.मि दुरी रहेको छ । यो पुल हुँदै गल्याङ र वालिङ जानको लागि अन्य स्थान भन्दा निकै छोटो रहने छ ।























