निर्वाचन आयोगमा उपेन्द्र यादवको पक्षमा ३४ सदस्यले गरे हस्ताक्षर

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जना सदस्यले हस्ताक्षर गरेका छन् ।
यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जना सदस्यले हस्ताक्षर गरिसकेका छन् । उनले रेशम चौधरीलाई पनि निर्वाचन आयोग मै उपस्थित गराउने विषयमा निर्णय भइसकेको बताए ।
केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।























