मृगेन्द्र यादव : राजेन्द्र महतोले मलाई गुलामी गर्न टिकट दिएको हो ?

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ । जसपाको राजेन्द्र महतो निकट नेता मानिने कार्यकारिणी समिति सदस्य मृगेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन् ।
उनले उपेन्द्र यादव पक्षमा लागेर आज निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर सनाखत गराएका छन् । उनले आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू पूर्व राजपा भए पनि अहिले जसपामा भएको भन्दै मूल पार्टीलाई आफ्नो समर्थन रहेको प्रतिक्रिया दिए ।
तपाईँलाई राजेन्द्र महतोले टिकट दिएर राष्ट्रियसभा सदस्य बनाउनु भयो अहिले उपेन्द्र यादवतिर लाग्नु भयो नि भन्ने प्रश्नमा उनले भने, ‘उहाँको गुलामी गर्नका लागि मलाई टिकट दिएको हो र ? सबैले प्रतिगमन भनिरहेको ठाउँमा उहाँहरू लाग्नुभयो, सरकारमा जानुभयो ? यस्तासँग म पछि लागिरहने ?’























