मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

‎जन्मदिनको अवसरमा बोहराले एसईई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार

उमेश रोकाया
२०८२ असार १७ | मध्यान्ह ०८:०३ बजे

‎बाजुरा , असार १७ । जन्मदिनको अवसरमा बुढिनन्दा नगरपालिका नगर प्रमुख स्वकीय सचीव केशर कुमार बोहराले एसईई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिएका छन ।

‎आफु २८ औं जन्मदिनको अवसरमा यस बुढिनन्दा नगरपालिकाका ५ वटा माद्यामिक विद्यालयका १/१ जना एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान हौसलाका लागी एक विद्यार्थीलाई १ हजार ५ सय ५५ रुपैयाँ बराबरको पुरस्कार स्वरुप स्टेसनरी सामाग्री सहज पुर्‍याउन यो पुरस्कार दिएको छ । एक जना विद्यार्थीलाई रु.१५५५ अनुसारको रकम बुढिनन्दा नगरपालिका प्रमुख प्रशासनिक अधिकृत सन्तोष कुमार शाहलाई हस्तान्तरण गरिएको छ ।

‎गतवर्ष शिद्रेश्वरी आवासीय विद्यालयको आवासमा बसोबास गर्ने विपन्न, टुहुरा, हलिया, खलिया र जनजाति बालबालिकाहरु लाई स्टेसनरी,खाद्यान्न, खेलकुद सामाग्री हस्तान्तरण गरेको थियो । बुढिनन्दा नगरपालिका – ४ भावना आधारभूत विधालयका विद्यार्थीहरुलाई पढ्दै कमाउदै अभियान संचालन गर्नको लागि नगद हस्तान्तरण गरिएको थियोे । आफ्नो जन्मदिनको उत्सव मनाउने खर्च रकम सानोतिनो पुरस्कार स्वरुप एसईई उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीलाई पुरस्कार दिएको बोहराले बताएका छन ।

कमेन्टहरु