अर्थ, कृषि, पर्यटन, प्रदेश, प्रबास, बिश्व

नवलपुर सेवा समाज युएई १०औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

कबिराज राजबंशी
२०८२ असार १७ | मध्यान्ह ०४:०३ बजे

 युएई । नवलपुर सेवा समाज युएईले २९ जून २०२५, वि. सं. १५ असार २०८२ आईतबारका दिन आफ्नो १० औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न गरेका छन।

IMG 20250629 153513 scaled

विकसिलता सृजनशीलता नवलपुरको आवश्यकता सभ्य समृद्ध समाज निर्माणमा हाम्रो एक्यबद्धता भन्ने मूल नाराका साथ स्थापित नवलपुर सेवा समाज युएइले आफ्नो १० औँ बार्षिक उत्सव बिभिन्न किसिमका सास्कृतिक कार्यक्रम तथा धान दिवस असार १५ एकै साथ मनाए । कार्यक्रममा नेपाली परिकार सेलरोटी, अचार, दही र चिउराको स्वादसंगै एकअर्कालाई असार १५, धान दिवसको शुकामना आदान प्रदान साटा-साट गरेका थिए। उक्त कर्यक्रममा स्थानीय कलाकारहरुको वेजोड सांगीतिक प्रस्तुति रहेको थियो, प्रसुती दिने कलाकारहरुमा सविता आले मगर, प्रजान पंगेनी, लिजा ढकाल, कल्पना सिग्देल, श्रेया पाण्डे, असिम्सा ढकाल, अर्जुन न्यौपाने, जिया कंडेल, नरेन सापकोटा, दिव्याकुमारी महतो, अभिमन्यु चौधरी, कौशिला महतो, देवराज थारु, हरि डुम्रे, एरिका भट्टराई, प्रेम सागर चपागाई, बिन्दु पाण्डे, होम रजाली मगर, कुल थापा मगर, आस्मान तामाङ , सितल थापा मगर, माया रजाली मगर को प्रस्तुती देखि दर्शकहरुले मनोरञ्जनात्मक आनन्द लिएका थिए ।

IMG 20250629 163558 scaled IMG 20250629 160507 scaled

उक्त कर्यक्रममा सभापतिको आसनमा नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल पराजुली ज्यू हुनु हुन्थ्यो। प्रमुख अतिथिका रुपम नेपाली समाज युएईको अध्यक्ष राम मोक्तान ज्यू, बरिष्ट अतिथिहरु उपाध्यक्ष केदार कुँवर, एनआरएन एनसिसी युएईका अध्यक्ष विकाश शाही, बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र वहादुर थापा, नेपाल जनप्रगतीशिल मञ्च यूएई राष्ट्रिय कमिटी अध्यक्ष लक्षण खनाल, आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष बिक्रम लिम्बू लगायत अन्य बैचारिक संस्था प्रमुख, जातिय संस्था प्रमुख, राजनितिक दलका प्रमुख, तथा पत्रकारहरुको वाक्लो उपस्थित रहेको थियो।

IMG 20250629 150755 scaled

 कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, बिशिष्ट अतिथि, सभा अध्यक्ष लगायत सम्पूर्ण अतिथिहरु समुहिक रूपमा १००८ दियो प्रज्वलन गरी ब्राह्मण गुरुहरुको मुखारविन्दबाट स्वास्ति वाचन सहित सुरू भएको थियो। लगतै उपस्थिति दर्शकले सनातन गौं संक्षरण अभियान युएईको भजन कृर्तनको आनन्दिय भक्तिमा डुबेका थिए।

IMG 20250629 151747 scaled IMG 20250629 151742 scaled

 उक्त कर्यक्रमलाई नवलपुर सेवा समाज युएईका महासचिव राम प्रसाद ढकाल ज्यूले सञ्चालन गर्नु भएको थियो। औपचारीक कार्यक्रम अतीथीको आसन ग्रहण पश्चात, उदघाटन समारोह अनि राष्ट्रिय गीतमा सरिक हुँदै सहिदहरु प्रति १ मिनेट मौन धारण गरी सामाजीक क्षेत्रमा अमुल्य योगदान दिनु हुने आदर्णिय व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम गर्यो। नपलपुर सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष विष्णु अधिकारी ज्यूले आफ्नो शुभकामना मन्तव्य राख्नु भरको थियो। त्यस लगत्तै बिशिष्ट अतिथि विकाश शाही ज्यूले आफ्नो मन्तव्य राख्दै यूएईमा अवस्थित नेपाली श्रमिकहरुको समस्याहरू तथा नेपाल सरकार बाट भएको कमि कमजोरीलाई केलाउँदै त्यसको समाधानको बिभिन्न विकल्पहरू साझा गर्दै नेपाली श्रमिकहरु यूएईमा दलालहरुको लहिलहिमा लागि कष्टकर जीवन विताउन बाध्य भएका छन् र ती दलालहरुबाट सतर्क रहन आग्रह गर्नु भएको थियो । र कुनै पनि खालको श्रमिकहरुको समस्यामा सधैँ एनआरएन एनसिसी युएई र आफू त्यसको समाधानको लागि हमेशा तत्पर रहेनेकुराको प्रतिवद्ता जनाउनु हुँदै आफ्नो भनाई अन्त गर्नु भएको थियो। कार्यक्रम भव्य र सभ्य रूपमा सभाध्यक्षको भनाइबाट सम्पन्न भएको थियो।

 

 

 

 

 

कमेन्टहरु