कलाकार दीपकराज गिरीको ब्यङ्ग्य–‘कांग्रेसले सही मान्छे लैजान्छ भन्ने सुनेको थिए, हो रहेछ’


काठमाडौ । हाँस्य कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी सामाजिक संजालमा देशमा हुने गरेका विभिन्न गतिविधिका बिषयमा ब्यङ्ग्य प्रहार गर्नमा माहिर छन् ।
दीपकका स्टाटसले कहिले प्रशंसा पाउँछन् त कहिले आलोचना । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि दीपकले ब्यङ्ग्य कसेका छन् ।
उनले कम्यूनिष्ट सरकारका विरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको सम्झदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको उल्लेख गरेका छन् ।
साथै, दिपकले उमेश श्रेष्ठको स्वास्थ्य राज्यमन्त्रीमा नियुक्तीको बिषयमा पनि लेखेका छन्–‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ हो रहेछ, स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’
प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेसँगै सामाजिक संजालमा विभिन्न टिका टिप्पणी भैरहेका छन् ।























